नेपाल पत्रकार महासंघ धनकुटा शाखाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

धनकुटा,६ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुको चाडपर्वहरु शुभदिपावली, नेपाल सम्बत, छठ, बाढांग्मी, चासोक तग्नाम, उधौली लगायतका पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघले धनकुटामा आज एक कार्यक्रमको बिच शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा शुभकामना दिदै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले सबै चाड पर्वहरुले नेपालको विविधता झल्काएको र सामाजिक सद्भाव कायम गर्न समेत ठुलो मद्दत गरेको बताउनु भयो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्ग, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुंग, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा माओवादीका नेता तिलक प्रसाद राई,राप्रपाका नेता टिकाप्रसाद घिमिरे , पत्रकार महासंघका केन्द्रिय सदस्य सरीता बराईली, पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्षहरु, पत्रकारसंग संम्बन्धित विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधि, पत्रकार महासंघका सल्लाहकार, पदाधिकारी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरीबहादुर लम्जेलले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्…
घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो
महेन्द्रनगर, ६ कात्तिक (रासस) ःदोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गर्नुभयो । यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिनुभयो ।

पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई धान समेट्ने चटारो छ । स्थानीय कौशीलादेवी सुनारले कुतियाकवर बस्ती कटान समस्याबाट मुक्त हुन नसकेको बताउनुभयो । “यहाँ खेतीयोग्य जमिन बर्सेनि जोगबुढा नदीले कटान गर्दै बस्ती समेत जोखिममा छ”, उहाँले भन्नुभयो, “चुनावका बेला खेतमा मत माग्न पुग्नु भन्दा कटान नियन्त्रणमा लागि पहल गरिदिनु प¥यो ।”

“ बिहान नै नास्ता खाएर धान काट्न परिवार नै खेतबारीतिर लाग्नु दैनिकी बनेको छ”, दोधारा चादँनी–४ का जग्गे सुनारले भन्नुभयो, “पोहोर साल धान क्षति हुँदा दीर्घकालीन सहयोग हुने खालका प्याकेज दिने आश्वासनमै बित्यो ।” ५४ वर्षीय सुनार अहिले बस्तीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा कुनै उमङ्ग नभएको बताउँनुह्न्छ । “किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्”, उहाँले भन्नुभयो,“कतिपय नेता खेतमै मत माग्दै पुगिरहेका पनि छन् ।” उहाँले किसानलाई जनप्रतिनिधि भएर जानेहरुले कुनै सुविधा दिने चासो नै नदेखाएको गुनासो गर्नुभयो । “ खेती गर्दा न मल पाउँछ नत बालीको उचित मूल्य नै”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदान पनि पहुँच भएकाले पाउने त होलान् ।” कञ्चनपुरमा दल र स्वतन्त्र व्यक्तिले चुनावी घरदैलो अभियानलाई तीव्रता बनाएका बेला यहाँका तीन वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भने किसान धान काट्न र भित्र्याउन सक्रिय रहेका छन् ।

“केही दिनअघि त महेन्द्रनगरमा एक जना उम्मेदवारले त धान काट्न सहयोग गरिरहेको फोटो पनि हामीले सामाजिक सञ्जालमा हे¥यौंँ”, यहाँको शुक्लाफाँटा नगरपालिका–५ का वीरेन्द्र जोशीले भन्नुभयो, “चुनावका बेला मतदाता रिझाउन अनेक प्रपञ्च गरिँदो रहेछ ।” उहाँले चुनावका बेला रिझाउन आउने भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पहल गर्ने प्रतिनिधि छनोट जनताले गर्ने बताउनुभयो । “हामी किसान अब चुनावको बेलाका आश्वासन सुनेर हुरुक्क हुने स्थिति छैन्”, उहाँले भन्नुभयो, “कृषिप्रधान मुलुकमा मल र उत्पादन गरेको बस्तुको भाउ नपाउने अवस्था कहाँबाट सिर्जना भयो ?।” उहाँले पनि शुक्लाफाँटा नगरपालिकामा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार घरदैलो अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

यहाँस्थित कृषि ज्ञान केन्द्रका अधिकृत हरि जोशीले जिल्लामा अनुमानित ६० प्रतिशत धान कटाइ सकिएको बताउनुभयो । उहाँले केही समयअघि यहाँ आएको वर्षाले धानबालीमा नोक्सानी पु¥याएको विवरण पेस गर्न स्थानीय पालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो । कञ्चनपुरमा कूल ४८ हजार चार सय ९४ हेक्टर क्षेत्रफलमा धानीखेती हँुदै आएको छ । “डुबानलगायतका समस्याले वर्षा हु्ँदा पाँच देखि १० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको भन्ने अनुमान छ”, जोशीले भन्नुभयो, “पालिकाहरुबाट एकीन विवरण आउन बाँकी छ ।”

कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा परिचय बनाउनुभएका पुर्वमन्त्रीत्रय रमेश लेखक, नारायण प्रकाश साउँद र वीना मगर गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी नेकपा एमालेका तर्फबाट पुर्व सांसदहरु निरुदेवी पाल, नरबहादुर धामी र प्रदेशसभाका पुर्वमन्त्री तारा लामा तामाङ चुनावी मैदानमा हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖