साहित्यकार तिगेला सहित १९ साहित्यकारलाई नई रजत पदक प्रदान

लन्डन । नेपाली समाचार डटकमका प्रधान सम्पादक एवम् साहित्यकार विश्वासदीप तिगेला नई रजत पदकबाट सम्मानित भएका छन् । उनीसहित १९ जना बेलायतका नेपाली साहित्यकारहरू साे पदकबाट विभूषित भएका हुन् । तिगेला विश्व नेपाली साहित्य महासङ्घका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन् ।

नेपाली साहित्य विकास परिषद बेलायतले ११३ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्तीकाे अवसरमा आइतबार दी माउन्ट एक्सनमा आयोजना गरेकाे कार्यक्रममा पदक दिइएको थियोे । नेपाली साहित्यको क्षेत्रमा राष्ट्रिय अन्तरराष्ट्रिय रुपले नेतृत्व गरिरहेको शीर्ष संस्था नई प्रकाशनद्वारा नई रजत महोत्सव पदक २०७८बाट पुरस्कृत हुनु भएका वेलायतका सर्जक तथा साहित्यकारहरुलाई नई प्रकाशन, नेपालको तर्फबाट यस नेपाली साहित्य विकास परिषद् यूकेले सहजीकरण गरेको थियोे ।

समारोहका प्रमुख अतिथि, परिषद्का संरक्षक राजदूत ज्ञान चन्द्र आचार्यले रजत महाेत्सव पदक प्रदान गरेका थिए । नई रजत महोत्सव पदकबाट पुरस्कृत हुने बेलायतका व्यक्तित्वहरूमा तिगेलासहित अजिता सिम्खडा, कामु उप्रेती, कोमल मल्ल, कृष्ण बजगाई, घन बहादुर थापा मगर, दिलीप उप्रेती, पार्वता सिटौला उप्रेती, मञ्जु भण्डारी, डा. राजेन्द्र उप्रती, वसन्त रायक्षेत्री, विजय हितान, सञ्जु बजगाई, सुमना घिमिरे, सुरेश जङ्ग शाह, सोमादेवी घिमिरे, डा. सोहन घिमिरे, डा. सुधा श्रेष्ठ र हरिसिंह थापा रहेका छन् ।

कार्यक्रममा शताब्दी पुरूष सत्यमोहन जोशीकाे स्मृतिमा श्रदान्जली अर्पण समेत राखिएको परिषदका अध्यक्ष काेमल मल्लले बताए । कार्यक्रममा साहित्यकार हरिसिङ थापाद्वारा लिखित उपन्यास र कविता संग्रह समेत विमोचन गरिएको थियोे । अध्यक्ष मल्लकाे सभापतित्वमा भएको कार्यक्रम महासचिव वीरेन्द्र कुँवरले सञ्चालन गरेका थिए । कार्यक्रममा कविता वाचन सत्र पनि राखिएको थियोे । साहित्यकार सुरेशजंग शाहले महाकवि देवकोटाबारे बाेलेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।