चुनावकाे मुखमा दलबदल

खोटाङ, २१ कात्तिक । खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन् ।

आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिती सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन् । पार्टी परित्यागको घोषणा गरेको कही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए ।

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील
सुर्खेत, २१ कात्तिक । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् । समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ (क) मा सात वटा अति संवेदनशील, २४ संवेदनशील, (ख) मा र दुई अति संवेदनशील, ३६संवेदनशील र तीन मतदानस्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ (१) मा सात अति संवेदनशील र संवेदनशील मतदानस्थल छैनन् भने कम संवेदनशील २४ मतदानस्थल रहेका छन् । त्यस्तै (२) मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदानस्थल कम संवेदनशील छन् । निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।