धनकुटामा बदर मत घटाउन नमुना मतदान
धनकुटा,२१ कार्तिक । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मतको संख्या घटाउने उद्धेश्यले जिल्ला निर्वाचन कार्यालय धनकुटाले आज धनकुटा सदरमुकाममा नमुना मतदानको आयोजना गरेको छ ।
मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको संख्या न्युनीकरण गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालस धनकुटाले जनाएको छ ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा मत बदर कम गर्न मतदाता शिक्षालाई समेत जोड दिइएको जिल्ला निर्वाचन अधिकृत जयराज श्रेष्ठले जानकारी दिनु भयो ।




