प्रदेश १ का वनमन्त्री एवं प्रदेश सभा सदस्यका उम्मेदवार थापाको निधन

काठमाडौं, २३ कात्तिक । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको पत्रकार हरि कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।

२५ दिन काठमाडौंमा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार भएपछि आफन्तले विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका छन् । स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उनलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता हुन् ।

गिरिजाप्रसाद कोइरालाको आठ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट डा.सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा उम्मेदवार छन् । क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेबाट किशोर राई र कांग्रेसबाट थापा उम्मेदवार छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।