बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, २४ कात्तिक । बाजुरा जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा छ जनाको ‘मृत्यु भएको थियो भने एक दर्जन व्यक्ति घाइते भएका थिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । (रासस)

रसुवामा उम्मेदवार प्रचारप्रसारमा व्यस्त
रसुवा, २४ कात्तिक (रासस) :आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिनुभएको छ ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका छोवाङ तेन्जिङ तामाङ, राप्रपाका टीकाप्रसाद देवकोटा, नेमकिपाका रामेश्वर वासी, जन समाजवादी पार्टीका सिर्जना सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनका विकास गलान र राष्ट्रिय स्वतन्त्र दलका मीननाथ देवकोटा चुनावी मैदानमा हुनुहुन्छ ।

सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पु¥याउने वाचा गर्दै आएका छन् । उनीहरुले प्रमुखरूपमा स्वास्थ्य, शिक्षा, रोजगारलगायत कुरामा जोड दिँदै आएका छन् । उम्मेदवारले आमसभाभन्दा घरदैलो कार्यक्रमलाई जोड दिएका छन् । घरघरमा पुगी भेटघाटको माध्यमबाट मत माग्नमा उम्मेदवार व्यस्त छन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्यका उम्मेदवार रहने गर्नुभएको छ । सत्ता गठबन्धनबाट प्रदेशसभा ‘क’मा कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, नेमकिपाका बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङ, जन समाजवादीका कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीका पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उम्मेदवार सिदार वाङजेन लामा रहनुभएको छ ।

प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गौतम, एमालेका तेम्व्रेल तामाङ, राप्रपाका हरिप्रसाद घिमिरे, नेमकिपाका तुल्सिराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीका वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका वाङ्दे घले, नेपाली कांग्रेस (बिपी)का शारदाकुमार न्यौपाने र स्वतन्त्रबाट चेसाङ तामाङ उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।