धनकुटा १ हिलेबाट चुनाव विरोधि गतिविधिमा संलग्न एक व्यक्ति पक्राउ

धनकुटा । चुनाव विरोधि गतिविधिमा संलग्न एक व्यक्तिलाई धनकुटा १ हिलेबाट प्रहरीले नियन्त्रण्मा लिएको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका १ का ५२ वर्षका ध्रुव थापा रहेको प्रहरीले जनाएको छ ।

विप्लवको ९ औं केन्द्रिय महाधिवेशन समितिका जिल्ला सेक्रेटरी ईञ्चार्ज थापाले आगामी मंशिर ४ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन विरोधि सन्देश लेखिएका पर्चापम्प्लेट छर्दै हिडेको वेला प्रहरीले पक्राउ गरेको हो ।

विहिवार पक्राउ परेका उनि अहिले हिले प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सञ्चार शाखाले जनाएको छ ।

यो पनि…
म्याग्दीमा चौतारी संरक्षण अभियान
म्याग्दी, २५ कात्तिक (रासस) :दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे ।

धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गा जमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् । बेनी नगरपालिका–७ मा पर्ने चौतारीको संरक्षण थालिएको छ ।

वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताउनुभयो । “अहिलेका प्रतीक्षालयजस्तै पहिलेका चौतारीको महत्व छ”, उहाँले भन्नुभयो, “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ ।”

बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एक वटा पोखरी छन् । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको छ ।

गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बरबाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।

पीपलको रुखको फेदीमा पूजा गर्न र बत्ती बाल्न सहज होस् भनेर पालासमेत राखिएको छ । नगरपालिकाको प्रवेशद्वारअघिको चौतारीसँगै म्याग्दीका छ वटा स्थानीय तहको पहिचान झल्कने होडिङ बोर्ड राख्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । होडिङ बोर्डबाट म्याग्दी जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

चौतारी बनाएका दातासँग समन्वय गरेर मर्मत थालिएको हो । परम्परागत समाजमा धर्म र पुण्यका लागि चौतारा बनाउने चलन थियो । त्यसबेला बनाएका पोखरी अहिले झाडीमा परिणत भएका छन् । फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतीक्षालय र धार्मिकस्थलको रुपमा विकास गराउने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । चौतारीसँगै पूजा गर्ने ठाउँ बनाएमा मानिसले फोहोर नगर्ने र सरसफाइ कायम गर्न सकिने उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।