सुकुम्बासीको प्रश्न- उठिवासको त्रास कहिलेसम्म ?

काठमाडौं, १ मंसिर ।  संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । 

गत शुक्रबार अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् । 

बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म बस्नुपर्ने भन्दै प्रश्न गरेका छन् । जहाँको नागरिकता हो त्यहीँ जान सरकारले भनेको भन्दै उनीहरुले काठमाडौंमा कहाँको नागरिकता भएकाले मात्र बस्न पाउने भन्दै प्रश्न गरेका छन् । 

आफूहरु वर्षाैंदेखि बस्दै आएको जमिनबाट हटाउने होइन लालपूर्जा दिनुपर्ने मोर्चाका उपाध्यक्ष राजकुमार पाण्डेले बताए । 

प्रदर्शनमा सहभागीहरुले ‘उठिवासको त्रास कहिलेसम्म, हामीले अधिकारी खोजेको, हामीहरु विकास विरोधी होइन’ जस्ता प्लेकार्ड बोकेका थिए । 

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा
काठमाडौँ, १ मङ्सिर (रासस) : आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जित सुनिश्चित भएको भन्दै आ–आफ्नै अडानमा हुनुहुन्छ । यसअघि २०७४ सालको निर्वाचनमा तीन हजार चार सय १८ मतान्तरले भट्टराईलाई हराउनुभएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो । तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादीलगायतका दलको समर्थन छ ।

बुधबार कपनमा मतदातासँग मत माग्दै गर्दा भेटिनुभएका सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । यसअघिका निर्वाचनमा आफूप्रति मतदाताको उत्साह अझै पनि उत्तिकै कायम रहेको उहाँको भनाइ छ ।

“मतदाताले स्थानीय पूर्वाधार निर्माणका विषय ठाउँअनुसार उठाउनु स्वभाविक हो, तर बन्दै गरेको सहर हो”, उहाँले भन्नुभयो, “केही समयअघि केही क्षेत्रमा देखिएको सडक र खोपानीको समस्या अहिले धेरै हदसम्म समाधान भइसकेको छ ।”

थापाले यस क्षेत्रका मतदाताले आफूसँग स्थानीय आवश्यकताका साथै मुलुकको चिन्ता व्यक्त गरेको बताउनुभयो । “उहाँहरूसँग अन्तरक्रिया गर्दा अहिलेको निर्वाचनसँगै देशको स्थितिलाई जोडेर कुरा गर्नुहुन्छ”, थापाले भन्नुभयो । आसन्न निर्वाचनमा विजयी भएपछि आफू कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ ।

आफूनो योजना आफ्नो निर्वाचन क्षेत्रको विकाससँगै सरकारको नेतृत्व गर्न पाएँ भने के गर्ने भन्नेमा पनि रहेको उहाँले बताउनुभयो ।
“संसदीय दलको नेता छान्दै गर्दा दलको घोषणापत्र लिएर चुनाव लड्नु परोस भन्ने हो”, उहाँले भन्नुभयो, “त्यसैले संसदीय दलको नेता लड्दै गर्दा मैले पाँच वर्षमा के कस्ता काम गर्ने हो घोषणापत्र नै लिएर जान्छु ।”

उम्मेदवार थापाले सत्ता गठबन्धनको निर्वाचन प्रणालीको कारणले गर्दा निर्वाचनपछि पनि गठबन्धनका दलसँग मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ ।

सत्ता गठबन्धनको सरकार बनेमा क्षमतालाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “क्षमता मूल्याङकन गर्न सकेनौँ भने २०४८ मा एकल बहुमत प्राप्त गर्दा पनि सरकार चलाउन नसक्ने अवस्था आउनसक्छ ।” गत निर्वाचनमा पनि नेकपा एमालेसँग पनि बहुमत भएर पनि सरकार चलाउन नसकेको उहाँको भनाइ छ ।

थापाले सत्ता गठबन्धनको जितपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । “ठूलो दलका रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ, तर पार्टीभित्रै पनि आफ्नै विधि, विधान, परम्परा छ । हामीले पहिला आफ्नो दलको नेता छान्नुपर्छ ।”-
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।