धनकुटामा एमालेका राईको अग्रता कायमै,पछिपछि कांग्रेसका थापा

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतगणना अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ५ हजार ९ सय ९४ मत प्राप्त गरेका छने भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले ४ हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले १ हजार ३ सय २१ मत प्राप्त गरेका छन् भने राप्रपाका कुमार बहादुर थापाले १ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा “क” तर्फ नेकपा(एमाले) का निरन राईले २ हजार ९ सय ८१ मत,संघिय समाजवादीका रकम चेम्जोंगले १ हजार ७ सय ९३ र नेकपा(एस) का अर्जुन राईले १ हजार ९९ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा”ख” तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले २ हजार ४ सय ७६ मत र नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले १ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् ।

महादीपदान गरी बसेका भक्तजनले शतबीज छरे
काठमाडौँ, ६ मङ्सिर (रासस) ःमार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । महादीपदान गर्न सोमबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सुरु भएको थियो ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति महादीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले चतुर्दशीका दिन बिहानैदेखि दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्न थालेका हुन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ ।

दिवङ्गत पितृका नाममा महादीपदान गरी शतबीज छर्न लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बत्ती बाली भक्तजन रातभर शिवालयमा जाग्राम बस्छन् । त्रयोदशीको रातभर दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको सोमबार पशुपतिमा भीड लागेको थियो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रलगायत राजधानीका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत सहर बजारका शिवालयमा पनि महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छर्न थालेका छन् । यसैगरी देशका अन्य स्थानमा रहेका शिवालयमा पनि महादीपदान गरी बसेका भक्तजनले बिहानैदेखि शतबीज छर्छन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरु अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

“भगवान् शिव मृगरुप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।