धनकुटामा एमालेका राई ६ हजार ९ सय ७ मतका साथ अग्रता कायमै
धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतगणना अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ६ हजार ९ सय ७ मत प्राप्त गरेका छने भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले ६ हजार ७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले १ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले २ सय ५१,राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ सय ९१,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ३९ र एकिकृत शक्ति नेपालका रमेश राईले १८ मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
यो पनि…
मोरङ–६ मा डा कोइराला र ४ मा मोदीको अग्रता निरन्तर
मोरङ, ६ मङ्सिर (रासस) :मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ ।
मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सात हजार तीन सय ६७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार तीन सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले आठ सय ६४ प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले दुई हजार आठ सय २६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले दुई हजार एक सय १३ र राप्रपाका हिरा भट्टराईले एक हजार छ सय ५४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १५ हजार आठ सय १३ मतगणना भएको छ ।
यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले सात हजार एक सय ९९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । एमालेका विनोदप्रसाद ढकालले चार हजार नौ सय ६७ र राप्रपाका रवि रिजालले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १३ हजार नौ सय १८ मतगणना भएको छ ।
यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनका तर्फबाट नेकांका गुरुराज घिमिरेले पाँच हजार एक सय ६८, एमालेका जयप्रकाश चौधरीले चार हजार तीन सय ४९ र राप्रपाका आशनारायण माझी थारूले आठ सय ११ मत ल्याउनुभएको छ । यस क्षेत्रमा ११ हजार चार सय ६७ गणना भएको छ ।


