धनकुटामा एमालेका राई मतान्तर फराकिलो बनाउंदै ,कांग्रेसका थापा संग १ हजार १ सय १९ को मतान्तर
धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ७ हजार ६ सय २ मत प्राप्त गरेका छने भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले ६ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले १ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले ३ सय ९९,राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ सय ९९,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ४१ र एकिकृत शक्ति नेपालका रमेश राईले १८ मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
यो पनि…
काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौँ, ६ मङ्सिर (रासस) :नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो ।
पोखरेल भने दश हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गर्नुभयो ।
उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला हुनुहुन्थ्यो । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ हुनुहुन्थ्यो ।


