धनकुटामा एमालेका राई ७ हजार ९ सय २८ मतका साथ अग्र स्थानमै

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ७ हजार ९ सय २८ मत प्राप्त गरेका छने भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २ हजार ७१ मत प्राप्त गरेका छन् ।संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले ४ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले २ सय ६९,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ४५ र एकिकृत शक्ति नेपालका रमेश राईले २० मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ ।

यो पनि…
झापामा एमालेको दुई स्थानमा अग्रता
सुरुङ्गा (झापा), ६ मङ्सिर (रासस) ः आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक/एक ठाउँमा अग्रस्थान बनाएका छन् ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ भने क्षेत्र नं २मा नेकपा (एमाले)का देवराज घिमिरे तथा क्षेत्र नं ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिनुभएको छ, भने झापा क्षेत्र नं ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले१३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं ५ मा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।