धनकुटामा एमालेका राईको ८ हजार ४ सय ६८ मतका साथ अग्रता कायमै
धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ८ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले ७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले ४ सय १६,राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले २ सय ८१,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ४६र एकिकृत शक्ति नेपालका रमेश राईले २० मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
यो पनि…
काभ्रे-२ मा शिव हुमागाईंको अग्रता कायमै, गोकुल बाँस्कोटा ८७७ मतले पछि
मंसिर ६, २०७९ज्योति श्रेष्ठ काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका शिव प्रसाद हुमागाईंले अग्रता कायम राखेका छन् ।
क्षेत्र नम्बर २ अन्तर्गत बेथानचोक गाउापालिका वडा नम्बर १,२,३ र ४ को मत गणना सम्पन्न भएको छ । हालसम्म ६ हजार ४ सय १९ मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा ८ सय ७७ मतले पछि छन् ।हालसम्मको मतपरिणाममा कांग्रेस उम्मेदवार हुमागाईंले ३ हजार २ सय ७१ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले २ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं ४ सय ९२ मत पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रतिनिधिको प्रत्यक्षतर्फमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लाका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये यस क्षेत्रमा एक लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।


