धनकुटामा एमालेका राई १२ हजार १ सय ८० मतका साथ अग्रता कायमै

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले १२ हजार १ सय ८० मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले १० हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २ हजार ८ सय १६ मत प्राप्त गरेका छन् ।संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले ४ सय ४७,राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले ४ सय २७,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ५८ र एकिकृत शक्ति नेपालका रमेश राईले ४७ मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ ।

यो पनि…
काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी
काठमाडौँ, ७ मङ्सिर (रासस) ःप्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।

बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖