धनकुटामा एमालेका राई १८ हजार ७ सय ७१ मतका साथ अगाडि

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले १८ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले १७ हजार ७ सय ६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ४ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् ।

संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले ४ सय ८५,राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले ७ सय २३,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ४ सय ८५ र एकिकृत शक्ति नेपालका रमेश राईले ७० मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ ।

यो पनि…
शिक्षामन्त्री पौडेल जीत नजिक
बलेवा, ७ मङ्सिर (रासस) :बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई नेकपा (एमाले)की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहनुभएको छ । अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गर्नुभयो ।

“उहाँकाे जीत सुनिश्चित भइसकेको छ, अब दुई वटा वडाको मत गणना गर्न बाँकी छ,” उहाँले भन्नुभयो, “अहिलेसम्मको मतान्तरका आधारमा हाम्रो जित सुनिश्चित भइसकेको छ ।”

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖