धनकुटामा एमालेका राईको २० हजार ९ सय १७ मतका साथ अग्रता कायमै

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले १९ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ ।

यो पनि…
समानुपातिक तर्फ एमाले अगाडि
काठमाडौँ, ७ मङ्सिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवादी केन्द्र) ले एक लाख पाँच हजार एक सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार एक सय ५१, नेपाल मजदुर किसान पार्टीले २० हजार एक सय ५७, जनता समाजवादी पार्टी नेपालले १९ हजार आठ सय ५०, जनमत पार्टीले १८ हजार ४७, नागरिक उन्मुक्ति पार्टीले १२ हजार छ सय २७ र नेकपा (एकीकृत समाजवादी) पार्टीले १४ हजार पाँच सय आठ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६३ हजार आठ सय ४०, कांग्रेसले ५७ हजार दुई सय ६२, माओवादी केन्द्रले २४ हजार दुई सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार चार सय ८४ र जनता समाजवादी पार्टी, नेपालले नौ हजार तीन सय २९ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले १५ हजार सात सय २९, एमालेले १३ हजार नौ सय ५८, जनमत पार्टीले ११ हजार नौ सय १७, जनता समाजवादी पार्टी नेपालले छ हजार नौ सय १३ र माओवादी केन्द्रले चार हजार आठ सय नौ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा एमालेले ३२ हजार तीन सय ५२, कांग्रेसले ३० हजार तीन सय छ, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार सात सय ८१, माओवादी केन्द्रले १५ हजार छ सय ११ र नेपाल मजदुर किसान पार्टीले १५ हजार दुई सय ५५ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले ६६ हजार चार सय ७०, कांग्रेसले ५२ हजार चार सय ७०, माओवादी केन्द्रले २३ हजार एक सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार दुई सय ६७ र नेकपा (एकीकृत समाजवादी) पाँच हजार तीन सय ४० मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालेले ८२ हजार तीन सय ७३, कांग्रेसले ६५ हजार छ सय ३१, माओवादी केन्द्रले २२ हजार छ सय ७०, राप्रपाले १७ हजार दुई सय ४४, नागरिक उन्मुक्ति पार्टीले सात हजार चार सय ६५ मत प्राप्त गरेको छ ।

कर्णालीमा माओवादीले छ हजार आठ सय ५१, एमालेले तीन हजार चार सय ५३, कांग्रेसले दुई हजार दुई सय ६६, राप्रपाले पाँच सय ५९ र नेपाल मजदुर किसान पार्टी पाँच सय ३५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।