धनकुटामा संघ, प्रदेश मै एमाले विजयी
धनकुटा,८ मंसिर । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको धनकुटामा प्रतिनिधि सभा तथा प्रदेशसभा दुवैमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् ।
प्रतिनिधि सभा नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई बिजयी भए पनि औपचारीक घोषण हुन बाँकी रहेको छ ।
त्यस्तै प्रदेश सभा क मा निरेन राई र प्रदेश सभा ख मा इन्द्रमणी पराजुली बिजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले भने औपचारिक रुपमा घोषणा गर्न बाँकी नै रहेको छ ।
यो पनि…
झापा–५ प्रदेशसभा (२)बाट एमालेका थापा विजयी
गौरादह, ८ मङ्सिर(रासस) : झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले)का होमबहादुर थापा विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।
थापाले २४ हजार एक सय २९ मत ल्याउनुभएको छ भने गठबन्धनका उम्मेदवार पुरीले १७ हजार तीन सय १५ मत ल्याउनुभएको छ । यो क्षेत्रमा दमक नगरपालिका पूरै र कमल गाउँपालिकाका तीन वडा रहेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भइसक्नुभएको छ ।


