विश्व नेपाली साहित्य महासंघ महोत्तरी शाखा गठन

महोत्तरी,  नेपाली साहित्यलाई फराकिलो बनाउने उद्देश्यले महोत्तरीमा विश्व नेपाली साहित्य महासंघ गठन भएको छ । साहित्यप्रेमी रचनाकारलाई समेटेर उद्धव अविचलनको नेतृत्वमा सात सदस्यीय महासंघ शाखा गठन भएको हो ।

बर्दिबासस्थित गौरीशंकर होटलमा सोमबार भएको एक कार्यक्रमका बीच अध्यक्ष अविचलनसहित उपाध्यक्षमा शान्ता काफ्ले, सचिवमा कमल साह, कोषाध्यक्षमा सत्रुधन महतो र सदस्यहरूमा दिपक साह, रविन यादव, सुमन सारंगी रहेकाे नयाँ कमिटी गठन गरिएकाे हाे ।

नवगठित समितिले नवसाहित्यकार र पुराना साहित्यकारहरूको खोजी गरी महोत्तरीलाई साहित्यिक जिल्लाको रूपमा पहिचान गराउने प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले विश्वास ब्यक्त गरे । नवगठित समितिका अध्यक्ष उद्धव अविचलनले महोत्तरीमा अनौपचारिक प्रष्फुटित रचनालाई पहिचान गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्व नेपाली साहित्य महासंघ मधेस प्रदेशका अध्यक्ष मणिराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपालका सल्लाहकार तथा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, मिथिला साहित्य समाजका प्रमुख राकेशकुमार झा, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय परिषद् सदस्य प्रेम घिमिरे, निवर्तमान उपाध्यक्ष जमुना पोख्रेल, सर्लाही साहित्य समाजका आजीवन सदस्य कुमार दाहाललगायतको बाक्लै उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।