नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा मंसिर २९ गते हुने
धनकुटा, १३ मंसिर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा मंसिर २९ गते हुने भएको छ ।
आज बसेको जिल्ला कार्यसमितीको बैठकले धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा गर्ने मंसिर २९ गते गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरि बहादुर लम्जेलले जानकारी दिनु भयो ।
साथै साधारण सभालाई सम्पन्न गर्नका लागि विभिन्न समिति समेत गठन गरिएको छ,जसमा स्थानिय तह संग समन्वय समितिको संयोजकमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई संयोजक रहनु भएको भने सदस्यहरुमा विदुर खवास, देवकला कार्की, हरीबहादुर लम्जेल,इश्वर थापा, पूर्णकुमार चौधरी रहनु भएको छ ।
त्यस्तै अतिथि स्वागत तथा सत्कार समितीमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष देवकला कार्कीको संयोजकत्वमा सदस्यहरु सर्मिला राई,मनिशा पोखरेल, आकृती राई, विकास घिमिरे रहनु भएको छ भने यातायात व्यावस्थापन समितीमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विदुर खवासको संयोजकत्वमा सदस्यहरु रविन कट्टेल, विकास घिमिरे,विश्वराज श्रेष्ठ र विशाल लम्जेल रहेको समिती गठन गरिएको छ ।
त्यस्तै खाद्य तथा मञ्च व्यावस्थापनमा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरीबहादुर लम्जेलको संयोजकत्वमा सदस्यहरु इश्वर थापा, रविन कट्टेल, आशिष लिम्बु र नरेन्द्र राई रहेको समिती निर्माण भएको छ ।
त्यस्तै आर्थिक व्यावस्थापन समितीको संयोजकमा कोषाध्यक्ष रविन कट्टेलको संयोजकत्वमा सदस्यहरु अजयसन्तोषी राई, नेवनारायण चौधरी,विजयशेखर श्रेष्ठ र विश्वराज श्रेष्ठ रहने गरि समिती गठन गरेको सचिव लम्जेलले जानकारी दिनु भयो ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्दा समितीमा रहेका संयोजक र सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासंघको नयाँ सदस्यता थप तथा नविकरणका लागि मंसिर २५ गते सम्म आवेदन दिनका लागि सुचना जारी गर्ने निर्णय समेत गरेको जनाईएको छ ।


