‘म उपबिजेता भएपनि धनकुटाका जनताको सुख र दु:खमा सधै साथ दिईरहन्छु’- सुनिल थापा
धनकुटा । नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य, पूर्व मन्त्री तथा प्रतिनीधि सभा सदस्य उम्मेदवार सुनिल वहादुर थापाले मतदाताहरुलाई धनकुटाको प्रदेशसभा (क) का जनताको घर दैलोमा पुगी धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मंशिर ४ गते सम्पन्न निर्वाचनमा गठबन्धन दलका उम्मेद्धारलाई भोट दिएकोमा जनतालाई धन्यवाद दिदैदै उहाँले अब जिल्ला छाडेर नगई यही रहेर निरन्तर जनताको सेवामा लागिरहने वताउनु भयो ।
जिल्लाको प्रदेशसभा (क) को चौविसे, सहिदभूमी र सागुरीगढीमा आयोजित मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रममा पूर्व मन्त्री थापाले त्यस्तो बताउनुभएको हो ।
आफ्नो स्व. बुबा पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापाले पनि जिल्लाको अभिभावक भएर सधै धनकुटा र देशकै सेवा गरेको प्रसंग उल्लेख गर्दै उहाँले आफु उपबिजेता भएपनि जनताको सुख र दुखमा सधै साथ दिई रहने उल्लेख गर्नुभयो ।
कठिन परिस्थितिमा पनि जिल्लावासीले प्रतिनिधि सभा तर्फ रुख चिन्हमा र प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धनका उमेद्धारहरुलाई दिएको मतदाताको सम्मानित मतले उत्साह थपेको बताउनुभयो ।
तीन वटै पालिकाका पालिका स्तरीय र वडा स्तरीय कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,सचिव विजय सन्तोषी राईले मतदाताहरुलाई धन्यवाद दिदै निर्वाचनको समिक्षा व्यापक ढंगले गरी पुरस्कार तथा दण्डका लागी सिफारिस गर्न वडा समिति ,पालिका समिति र प्रदेश निर्वाचन क्षेत्रिय समितिलाई निर्देशन दिएका छन् ।
तीन वटै पालिका र वडा स्तरको कार्यक्रममा प्रतिनीधि र प्रदेश सभा सदस्यका उम्मेद्धार सहित जिल्ला,पालिका र वडाका नेताहरुको सहभागिता थियो । यो सँगै गठबन्धनदलले मतदातालाई धन्यवाद दिने कार्यक्रम सम्पन्न गरेको छ ।


