नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष भट्टराईको निधन

सप्तरी, १७ मंसिर। नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।

नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज सनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृ’त अवस्थामा भेटिएका हुन्  ।

सर्लाहीको लालबन्दीदेखि आट किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्र’दयघातका कारण निधन भएको ह‍ो ।
सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि शनिबार नै सप्तरीको राजविराज–७ स्थित उनको घरमा ल्याउने जानकारी नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले दिएका छन् ।

एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उनी न निस्किएपछि उनलाई खोजिएको थियो । उनका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । उनी राति कोठामा एक्लै सुतेका थिए । उनी सुतेको कोठामा रगत बान्ता भएको तथा उनले सेवन गर्दै आएक‍ो औषधिहरू छरिएको थियो ।

 बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको स्थानीय पत्रकारले बताएका छन् ।पाँच  दशकदेखि सप्तरीको पत्रकारितामा उनको सक्रिय योगदान रहँदै आएको थियोे ।

पछिल्लो तीन वर्षदेखि मधेस प्रदेशमिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आएका थिए । वरिष्ठ पत्रकार भट्टराई जीवनकालमा दर्जनौँ पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

सप्तरीको पत्रकारिता क्षेत्र विकासमा उनको महत्त्वपूर्ण योगदान छ। उनको निधनले सप्तरी जिल्लाको पत्रकारिता क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि ठूलो क्षति भएको सहपाठी राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरीले जानकारी दिए।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।