पत्रकार राईलाई तत्काल रिहाइ गर्न नेपाल पत्रकार महासंघ धनकुटा शाखाको माग
धनकुटा,२१ मंसिर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सहसचिव तथा रेडियो नेपालका जिल्ला संवाददाता एवम् निगरानी पोष्ट अनलाईनका संचालनक गजेन्द्र राई लाई तत्काल रिहाई गर्न माग गरेको छ ।
राईलाई प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको रिपोटिगका क्रममा पक्राउ गरेको र समाचार लेखेकै भरमा साइबर क्रायमको मुद्धा दर्ता गरेको भन्दै पत्रकार राई लाई तत्काल रिहाईको पहल गरिदिन जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ ।
‘मिडियामा आएको विषयवस्तुको विषयमा चित्त नबुझेमा त्यस विरुद्धको समाधान खोज्ने बाटो प्रेस काउन्सिल नेपाल मार्फत निरुपणको बिषय हुदाँ हुदै समाचार र समाचारका बिषय बस्तुमा जोडिएको कुरामा साइबर क्राइमको मुद्धा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथिको ठाडो प्रहार भएको समेत पत्रकार महासंघ धनकुटा शाखाले ठहर गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई द्वारा जारी गरेको ज्ञापन पत्रमा भनिएको छ ।
रिहाइको मागमा धनकुटामा क्रियाशिल पत्रकार संघ संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।



