झुटो आरोपमा पक्राउ परेका कांग्रेस धनकुटा नगर सभापति श्रेष्ठ र सदस्य शाह रिहा

धनकुटा,२२ मंसिर । झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाह रिहा भएका छन ।

ज्यान मा’र्ने झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ र नगर सदस्य शिव पुजन शाह जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन ।

नेकपा एमालेका केही नेताहरुले षडयन्त्र गरी फसाउने उदेश्यले नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाहलाई एमालेका कार्यकर्ताहरुलाई कु’टपिट गरेको भनी झुटा आरोप लगाएर ज्यान मा’र्ने मुद्धा दर्ता गरेका थिए ।

उनीहरु दुवै जनालाई जिल्ला अदालत धनकुटाले जनही ४० हजार रुपैया प्रति व्यक्ति धरौटी लिई तारेखमा रिहा गरेको हो । सभापति श्रेष्ठ सदस्य शाहको पक्षमा डि एल ए धनकुटाका वकिलहरुले बहस गर्नु भएको डि एल ए धनकुटाका अध्यक्ष लाखमान राईले वताउनु भयो ।

रिहा भएका नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाहलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई लगायतका नेताहरुले खादा लगाई स्वागत गर्दै सम्मान गर्नु भएको थियो । सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष मिलन कुमार खड्गी लगायत जनप्रतिनिधिहरु र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेकपा एमालेका धनकुटा नगरपालिका वडा नं. ६ का कार्यकर्ता राजन कार्की मादक पदार्थ सेवन गरी आफै लडेर घाईते भएकोमा उनलाई कुटपिट गरी घाईते बनाएको भनी कपोल कल्पित तरिकाले झुटा आरोप लगाई षडयन्त्र पूर्वक ढंगले नगरसभापति श्रेष्ठ र सदस्यश शाहलाई फसाउन नेकपा एमालेका केही नेता तथा कार्यकर्ताहरु लागी परेका थिए ।

नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरुले धनकुटामा जितको दम्व र उन्मातका कारण नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुमाथि वारम्वार झुटा मुद्धा लगाई फसाउन षडयन्त्र अव पनि गरिरहे नेपाली कांग्रेस धनकुटाले ले अव नेकपा एमाले धनकुटाको कडा प्रतिवाद गर्ने चेतावानी दिदै यस किसिमको हर्कद तत्काल बन्द गर्न समेत नेपाली कांग्रेस धनकुटाले नेकपा एमालेलाई आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।