भोजपुरमा अरुण डाँडा महोत्सव सुरु

भोजपुर, २३ मङ्सिर । स्थानीय पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा ‘अरुण ‘डाँडा महोत्सव’ सुरु भएको छ । स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छ दिने महोत्सव सुरु भएको हो । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको महोत्सव छ दिनसम्म सञ्चालन हुनेछ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले भन्नुभयो, “गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको र यसका लागि गाउँपालिकाले रु.दश लाख विनियोजन गरेको छ ।” महोत्सवमा आगन्तुकलाई लक्ष्य गरेर विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रदर्शनी, विभिन्न संस्कार र संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति गरिएको छ । अरुण डाँडाको विकासका लागि विस्तृत परियोजना तयार गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ । यहाँको विकासको काम भइरहेकाले थप प्रचारप्रसारको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

“हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “डिपीआर अनुसार अरुण डाँडाको बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा काम अघि बढाइएको छ । यो ठाउँलाई हाम्रो गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागिपरेका छौँ ।” । महोत्सव आयोजनाबाट स्थानीयवासी उत्साहित भएका छन् ।

महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने खालका सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कार झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा कृषि उत्पादनको प्रदर्शनी गरिएको छ । यसले यहाँको कृषि उत्पादनलेसमेत बजार पाउने पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ज्ञानेन्द्र राईले बताउनुभयो । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट हिमालका दृश्यसँगै सुन्दर फाँटको अवलोकन गर्न सकिन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।