धनकुटामा बढ्दै मानव अधिकार उल्लंघनका घटना

धनकुटा,२४ मंसिर । धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको पाइएको छ ।

७४ औं विश्व मानव अधिकार दिवसको अवसरमा धनकुटामा भएको मानव अधिकारको अवस्था, नागरिक समाजको भूमिका र नेपाल मानव अधिकार बर्ष पुस्तक २०२३ को पूर्व समिक्षा विषयक अन्र्तकृया कार्यक्रममा धनकुटामा मानव अधिकारका उल्लंघनका घटना बार्षिक रुपमा बढ्दै गएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

इन्सेक धनकुटा, हुसाडेक नेपाल र गैसस महासंघले धनकुटामा आयोजना गरेको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना अभिलेख गरेको जनाकारी गराईएको थियो ।

जसमा ५ जनाको ह’त्या, कु’टपिट ६ जना, ह’त्या प्रयास ४ जना, ७ बा’लिका सहित ११ जना ब’ला’त्कृ’त, १ जनामा ब’ला’त्का’र प्रयास, बाल यौ’न दु’व्र्यवहार २ जना र घरेलु ‘हिंसाका ४६ जना पीडित भएको अभिलेख गरेको इन्सेक प्रतिनिधि थापाले जानकारी दिए।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मंसिर २४ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।

इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७५ वटा घटना भएको जनाइएको छ । यस्तै गैरसरकारी संस्था महासंघकी केन्द्रिय सदस्य गीता अधिकारीले धनकुटामा मानव अधिकारको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राई धनकुटा नगरपालिका वडा न ७ का अध्यक्ष रोशेष श्रेष्ठ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लगायतले मान अधिकारको बिषयमा बोल्नु भएको थियो । उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए ।

कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।