दुधकोसी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग

खोटाङ, २६ मंसिर  । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् ।

बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका निजी जग्गा अधिग्रहण प्रकृया अघि बढिसकेको अवस्थामा केन्द्रीय सदस्य पौडेलले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई सोमबार ज्ञापन–पत्र बुझाउँदै जग्गाधनीलाई चाँडोभन्दा चाँडो यथोचित मुआब्जा दिएर आयोजना निर्माण अघि बढाउन पहल र समन्वय गर्न आग्रह गरेका हुन् ।

जिल्लामा सम्झौताअनुसारको काम गर्न गराउन अगुवाई र पहल गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको पनि भएकाले उल्लेख गर्दै पौडेलले दुधकोसी जलाशययुक्त आयोजनाको काममा भएको ढिलासुस्ती अन्त्या गर्न ध्यानाकर्षण गराएका हुन् । 

पौडेलले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनामा भइरहेको चरम ढिलासुस्ती अन्त्य गर्दै तत्काल काम सम्पन्न गर्न, पालिका, सदरमुकाम र जिल्लाका प्रमुख सडकहरुको स्तरोन्तती र कालोपत्रेको काम तत्काल गर्न समन्वय गर्न, सम्झौता गरी ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामघाट–हलेसी सडक खण्डको कामको जिम्मा लिइ काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर सडक मर्मत तथा स्तरोन्नतीको लागि तत्काल पहल गर्न, सुनकोसी नदीको धाप्लाङघाट पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याकालागि पहल गर्न, काममा ढिलाइ गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् । 

पौडेलले महुरे–फोक्सिङटार सडक कालोपत्रेलाई तीव्रता दिन आवश्यक पहल गर्न, मध्यपहाडीकै चखेवा–दिक्तेल सडक खण्डको बाँझेदेखि चखेवासम्मको सडक निर्माणका लागि आवश्यक पहल गर्न, जिल्लाको दक्षिणी क्षेत्रका पालिकामा विद्युतीकरणका लागि सम्बन्धित निकायमा पहल गर्न, जिल्ला अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै पालिका स्तरिय अस्पतालको भौतिक निर्माण र जनशक्ति व्यवस्थापनमा पहल गर्न आग्रह गरेका छन् ।

यस्तै, दक्ष जनशक्ति र आवश्यक भौतिक संरचनाहरू निर्माण गरी महुरेगढी प्राविधिक शिक्षालयलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्र निर्माण गर्ने गरी आवश्यक पहल र अगुवाई गर्न, आवश्यकता पहिचान गरी भौतिक संरचना र गुणस्तर सुधार गर्दै शैक्षिक उन्नयनका लागि पहल गर्न ध्यानाकृष्ट गराएको केन्द्रीय सदस्य पौडेलले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।