नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

काठमाडौँ, १ पुस (रासस) :नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गर्नुभएको हो ।

प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ सैनिक तालिममा सहभागी हुनुहुन्छ । यसअघि संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा भएको थियो । अभ्यास विसं २०६७ बाट नेपाल र भारतमा वार्षिकरुपमा आलोपालो गरी सञ्चालन हुँदैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तालिमका क्रममा फौजले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गरिन्छ । उक्त तालिमबाट दुवै मुलुकका सेनाबीचको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । —

अघि बढ्दैछ तीनकुनेको पुल निर्माण
काठमाडौँ, १ पुस (रासस) :
लामो समयसम्म रोकिएकोे तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ ।

साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।”

निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ । बिजुलीबजारको पुलजस्तै यहाँको पुल आधुनिक प्रविधि ‘आर्क एन्ड ब्रिज’ निर्माण गर्न लागिएको हो ।

पहिलोपटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनः यो वर्ष नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

कूल ४२ महिनामा सक्ने गरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार छ । यसअघि सो पुल निर्माणको काम पप्पु कन्स्ट्रक्सनले गरेको थियो । पहिले भएको काममध्ये दुवैतिरको पुलको केही भाग रहे पनि अधिकांश काम लागेको छैन ।

सरकारले दुई वर्ष पहिले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । नयाँ निर्माणका लागि कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।

पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लाग्यो । ठेक्का तोडेपछि निर्माण कम्पनी अदालत गयो । अदालतको अन्तरिम आदेशका आधारमा तत्काल नयाँ ठेक्का हुन सकेको थिएन ।

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिले बनेर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । लामो समय व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल उल्टै बनिसकेका संरचनासमेत भत्काएर नयाँ निर्माण गरिएको छ ।

यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागेपनि अहिले त्यो समस्या हटिसकेको छ । निर्माण कम्पनीले काम सरासर गर्दा तोकिएको अवधिमा गर्नसक्ने प्रवक्ता जोशीले बताउनुभयो । प्रतिनिसिभाअन्तर्गत विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको थियो ।

विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहरको सुन्दरता बढाउन भन्दै ‘आर्क एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो ।

मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेर त्यहाँको सडक व्यवस्थापन सजिलो भएको छ । अरू सामान्य पुलमा तल्लो भागमा भएपनि यसमा भार माथिल्लो भागमा पर्नेछ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने जनाइएको छ ।

काठमाडौँ उपत्यकाको सवारी चाप बढिरहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । त्यतिबेला सडक मात्रै विस्तार भएकामा अहिले काठमाडौँका धोबीखोला र वाग्मती खोला पुलसँगै भक्तपुरमा पुल विस्तार अघि बढाइएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।