चिसोले मधेशका जनजीवन प्रभावित

महोत्तरी, ३ पुस (रासस) । यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ ।

चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा स–साना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घूर’ ९कसिङ्गर जम्मा पारेर बालिएको आगो० बनेको छ । न ओढ्ने, ओछ्याउने न आङ ढाक्ने लुगा १ शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने पचपची धुँवाको मुस्लोभित्रको ‘घूर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिन्छ ।

“यो मुटु कमाउने जाडोमा न बनीबुतो गर्न निस्कन सकिन्छ, न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा ९मुसहर० भन्नुहुन्छ, “ चुनाव सकियो, अब कोही हाम्रो अवस्था हेर्न आउने छैनन् ।” सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरूका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउनुहुन्छ ।

महोत्तरीको मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि चाँडै जाडोको कहर बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिर निगल्दोसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि एकाबिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ ।

बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि चाँडै जाडोले करामत देखाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउनुहुन्छ ।

एक्कासी बदलिएको मौसमले ब्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो बिजोग भएपछि अब माघसम्म कस्तो होला रु भन्ने सोचेर नै यहाँका बूढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । “खै उमेरले भर्खर ६० नाघियो, मङ्सिरदेखि नै यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवले भन्नुभयो, “खै बितेका दुई वर्षको कोरोना ९कोभिड–१९० कहरले चाँडै जाडो बढाएको त हैन रु” पोहोर र परारको कोरोना कहर सम्झँदै उहाँले लख काट्नुभयो ।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो ता नि।।१ हुनेखाने जाडोबाट बच्ने सरजाम ९बन्दोबस्त० घरमै जुटाउलान् , हामी बनी ९मजदुरी० गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब”, जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गर्नुभयो ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्था रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । “बढ्दो चिसोले ग्रमीण बस्तीमा बिरामी हुने क्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ”, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले भन्नुभयो ।

यसैबीच जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार–सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुहुन्छ ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरी ९सामाजिक संस्था०का अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ ।” गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।

यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवीप्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । “हामीले जिल्लाका १५ वटै स्थानीय तहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौँ”, जिससका प्रमुख सुमनकुमार लाल कर्ण भन्नुहुन्छ, “समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।