सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो

काठमाडौँ, ३ पुस । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

‘हिकभिजन टावर’ शुभारम्भ
काठमाडौँ, ३ पुस । बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ – २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं वडासदस्य समेतको उपस्थिति रहेको थियो । सो अवसरमा उहाँहरुले भवनमा रहेका हिकभिजनका उत्पादन प्रदर्शनीको अवलोकन एवं जानकारी समेत लिनुभएको थियो ।

उहाँहरुलाई म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी, सञ्चालकद्वय शिवप्रसाद ढुङ्गाना, कमल तामाङले हिकभिजनका उत्पादनका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका अध्यक्ष तामाङले आम नागरिकको सुरक्षासंग सम्बन्धित उपकरण स्वदेशमा उच्च क्षमतामा जडान हुन सुरुआत भैसकेको र भविष्यमा नयाँ नयाँ आधुनिक उपकरण स्वदेशमा भि¥याउँदै सुरक्षित राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । उहाँले भन्नुभयो “ कम्पनीले विगत एक दशकदेखि सुरक्षा उपकरणसंग सम्बन्धित उपकरण उपकरण स्वदेशमा भि¥याउँदै आएको छ । दशरथ रंगशाला,धरहरा, गोदावरी सिटी हल, नेपाल राष्ट्र बैंक,भैसेपाटीस्थित सांसद आवास लगायतमा कम्पनीले सिसिटिभी लगायतका अन्य उपकरण उपलब्ध गराउँदै आएको छ ।”

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका प्रबन्ध निर्देशक अधिकारीले विगत दशकदेखि नेपालभरी आफ्नो बिक्रेता मार्फत हिक भिजनका उत्पादन बिक्री बितरण गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो“ कम्पनी हिकभिजनका लागि नेपालको आधिकारीक विक्रेता हो । गत वर्ष मात्रै हिकभिजन चीनको तथ्यांकमा नेपालका लागि सर्बााधिक विक्रेताका रुपमा रहेको जानकारी दिएको छ ।”

हिकभिजनले सिसिटिभी , एक्सेस कन्ट्रोल, मनिटर , हाजिरी मेसिन, भिडियो डोरफोन, ठूला लिड बोर्डस, पार्किङ सोलुसन, चेक प्वाइन्ट, ट्राफिक राडार क्यामेरा, स्मार्ट सिटी, स्मार्ट होम फायर एलराम, रुम व्यारियर जस्ता उपकरण उत्पादन गर्दै बिक्रीवितरण गर्दै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖