धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सव
धनकुटा,३ पुस । धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रदेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सव हुने भएको छ ।
आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा पत्रकार सम्मलेल गर्दे आइतबार दिएको जानकारी अनुसार “ कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार ” भन्ने नाराका साथ ११ दिने महोत्सव गर्न लागिएको आयोजक संस्था धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।
धनकुटा सहित प्रदेश कै कृषि, रोजगार, व्यापारपर्यटकीय एव् आर्थिक आर्थिक विकासका सम्भावना लाई दृष्टिगत गर्दे यस क्षेत्रको विभिन्न जिल्लाहरुमा कृषि, व्यापार लगायतका क्षेत्रको विका र पर्यटन क्षेत्रको प्रवद्धधन र प्रचार प्रासरका लागि सहयोग पुर्याउने उदेश्यले प्रदेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सव गर्न लागिएको अध्यक्ष राईको भनाई रहेको भनाई रहेको छ ।
साथै मेलाले एनटिआइएसमा समावेश भएका कृषि जन्य वस्तुको प्रचार प्रासर यस प्रदेशको एतिहासिक , संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसारतथा प्रवछन साना तथा घरेलु उद्योग बाट उत्पादित बस्तुहरुको बजारी करण अन्य क्षेत्रको विकासमा महत्व पूर्ण योगदान गर्ने विश्वास आयोजक संस्थाले गरेको आयोजक उद्योग वाणिज्य संघ धनकुटाका महासचिव रामबहादुर गोङ्गवा तामाङ्गले बताउनु भयो ।
कार्यक्रममा कृषि प्रदर्शनी, औद्योगिक बस्तुको प्रदर्शनिका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बाल उद्यायन, पर्यटकिय स्थानहरको फोटो प्रदर्शनी, सुचना प्रविधीका विभिन्न सामग्रीहरुको प्रदर्शनि रहने आयोजक उद्योग वाणिज्य संघ धनकुटा सचिव श्रीराम रायमाझीले जानकारी दिनु भयो ।
महोत्सवमा १ सय ५० वटा स्टल रहने र १ सय ३५ वटामा प्रदेश न १ का विभिन्न जिल्लाहरुका उत्पानका प्रदर्शनि १५ वटा स्टलमा स्थानिय तथा जातीय खानाका परिकार रहने र महोत्सव सम्पन्न गनृका लागि करिब ७७ लाख लागत लाग्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक संस्थाको भनाई रहेको छ ।
११ दिने महोत्सव लाई सफल बनाउँन सबैको सहयोग हुने अपेक्षा गरिएको आयोजक उद्योग वाणिज्य संघ धनकुटाकी वरिष्ठ उपाध्क्ष मनकुमारी तितुङ्गले बताउँनु भयो । महोत्सव करिब १ लाखले अवलोकन गर्ने जनाईएको छ ।


