नेपाल पत्रकार महासंघ धनकुटाको ११ औ साधारणसभा ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको ११ औ साधारणसभा ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
साधारण सभाले ऐतिहासिक तथा पर्यटकीय स्थल चौविसे गाउँपालिकालाई प्रदेश तथा केन्द्र सरकार समक्ष पर्यटकिय पालिका घोषणा गर्न माग गरेको छ ।
पालिकाको विभिन्न वडामा खानेपानीको समस्याका कारण वसाई सर्नेक्रम तिब्र रहेकोले यसलाई राक्न दिर्घकालिन स्वच्छ खानेपानीको व्यवस्था गर्न,सरकारले सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन दिने प्रक्रिया झञ्जटिलो भएको कारण यसलाई सहज बनाउन,पत्रिकाको ग्राहक शूल्क नि शूल्क गर्न,राजारानी क्षेत्रलाई शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा निर्माण गर्न,सबै सञ्चारमाध्यमहरुका लार्गि समानुपातिक विज्ञापन प्रणाली लागु गर्न माग रिेको छ ।
त्यस्तै संस्थागनत रुपमा क्रियाशिल सञ्चार माध्यमहरुलाई नियमित अनुदानको व्यवस्था गर्न स्थानिय पालिकाहरु समक्ष माग गरिएको छ भने र पत्रकारहरुको पूर्ण रुपमा सूरक्षाको ग्यारेण्टी गर्ने लगायतको माग गरिएको छ ।
सभालाई सम्बोधन गर्दै चौविसे गाउँपालिका प्रमुख राजकुमार चेम्जोङले पालिकाको तर्फबाट महासंघ सँग सहकार्य हुने वताउनुभयो । साधारणसभाको अवसरमा पत्रकार महासंघको भवन निर्माण गर्नु सहयोग गर्नुहुने अग्रज सञ्चारकर्मी,सल्लाहकार कोष स्थापनाका लागि सहयोग गर्नुहुने पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभाको खुल्ला सत्र महासंघका ध्यक्ष नगेन्द्र राईको अध्यक्षता तथा चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने बन्दसत्र महांघका संस्थापन अध्यक्ष सञ्जय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभामा स्वागत मन्तव्य उपाध्यष विदुर खवासले राख्नुभएको थियो । सञ्चालन सचिव हरि वहादुर लम्जेलले गर्नुभएको थियो भने सभामा आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिउको थियो ।


