सर्वाधिक मत ल्याएर विजयी केपी ओली सम्मानित ( फाेटाे फिचर)
काठमाडौं, ५ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो ।
झापा– ५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।
प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन् ।
साेही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सासदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएकाे छ ।









प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार
काठमाडौँ, ५ पुस (रासस) :नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।
प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ ।
प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै हटाउने भएको हो ।
प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानलिकण्ठसम्मको अव्यवस्थित तार आफै हटाउने भएको हो ।
प्राधिकरणले नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जनाएको छ । प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ । उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
—


