एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

काठमाडौँ, ५ पुस (रासस) :नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।

खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छेँ
भक्तपुर, ५ पुस (रासस) :
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उहाँले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “खेलकुद क्षेत्रलाई राजनीतिसँग पनि अलग गर्न हुँदैन, समाजवादी देश क्युवाले खेलकुदमा धेरै प्रगति गरेको उदाहरण हामी सामु छ । स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्छ ।” उहाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइ सँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण रहने बताउँदै खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गर्नुभयो ।

उहाँले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं ९ र ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको बताउँदै हाल भनपा–१० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान तथा शहीद स्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन/जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ खेलका लागि प्रतिस्पर्धा हुने बताउनुभयो ।

त्यसअघि आजै नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायतको सहभागितामा दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै शहीद स्मृति खेलमैदानमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।