पत्रकार महासंघको साधारण सभा सुर्खेतमा हुँदै

सुर्खेत, ६ पुस । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा ८ र ९ पुसमा  कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा आयोजना हुन लागेको छ । 

कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा सुर्खेतको वीरेन्द्रनगरमा साधारणसभा आयोजना गर्न लागिएको हो । कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । साधारण सभाको उद्घाटनसत्र ८ पुस बिहान ९ बजे हुनेछ भने त्यसअघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी निकालिने छ ।

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए । महासचिवले पेश गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफल समेत हुने जनाइएको छ ।

एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।