भोजपुरका यात्री भट्टराई शैक्षिक नारा बोकेर नेपाल भ्रमणमा

खोटाङ, १० पुस । शैक्षिक अभियानको नारा लिएर भोजपुरका यात्री नवराज भट्टराई कोहमले देशव्यापी भ्रमण सुरु गरेका छन् । ‘सवको इच्छा, सार्थक शिक्षा, सफा मन, सुन्दर जीवन’ भन्ने नारा सहित भट्टराईले नेपाल भ्रमण सुरु गरेका हुन् । पौवादुङ्मा गाउँपालिका–३ च्यांग्रेका भट्टराईले गत पुस ५ गते सिंहदेवी प्रावि च्यांग्रे मोहोरियाबाट नेपालको शिक्षा प्रणाली सुधार गर्ने सन्देश प्रवाहको अभियान लिएर देशव्यापी भ्रमण सुरु गरेका हुन् । 

नेपालसहित विश्वका विभिन्न देश भ्रमणका क्रममा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सीप, संस्कार र प्रविधियुक्त नभएको पाइएपछि त्यही शिक्षा प्रणाली सुधार्ने लक्ष्यसहित नेपाल भ्रमण सुरु गरेको भट्टराईले बताए । उनले दुई वर्षभित्र पुरा गर्नेगरी देशव्यापी भ्रमण सुरु गरेका हुन् ।

भ्रमणका दौरान भट्टराईले बिश्वविद्यालय, क्याम्पस, विद्यालय, सरकारी कार्यालय तथा व्यापारिक संघसंस्थामा पुगेर मोटिभेशनल वर्कसप, सेमिनार र क्लास सञ्चालन गरिरहेकाछन् । यात्राको अवधिमा उनले एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने लक्ष्य राखेका छन् ।

विशेषगरी विद्यार्थीलाई लक्षित गर्दै लक्ष्य, सपना, संगत, सफलता, सकरात्मक सोच, मष्तिष्क बनावट लगायतका विषयमा प्रशिक्षण दिइने भट्टराईले बताए । देशव्यापी भ्रमणका सिलसिलामा उनी शनिबार खोटाङ आइपुगेका छन् । उनले आइतबार शुभम फाउण्डेसनमा मोटिभेशनल प्रस्तुती दिएका छन् । उनले यसअघिको यात्राको सिकाई र बुझाई वारे पनि सुनाउने छन् । 

भट्टराईसँग यसअघि पनि नेपाल भ्रमण गरेको अनुभव छ । उनले भोजपुरकै नारायणप्रसाद भट्टराई कोहमसँग २०६५ सालदेखि २०६७ सालमा पत्रकारिता र पर्यटनसम्बन्धी नारा लिएर नेपाल भ्रमण पूरा गरेका थिए । यस्तै, भट्टराईद्धयले २०७० सालमा भारत, भुटान, म्यानमार र चीन भ्रमण गरेका थिए ।

भट्टराईद्वयका नेपाल भ्रमण गरेको संस्मरण समेटिएको ‘नेपाल भ्रमणका ७३० दिन’, विदेश यात्रा संस्मरण समेटिएको ‘देखेको विश्व र नेपाल’ तथा वृत्तचित्र प्रकाशित छन् । उनलाई देशविदेशका सयौं संघसंस्थाले पुरस्कृत तथा सम्मान गरिसकेको छ । ‘पाए आम नेपाली जनजनको साथ, नपाए आकाश छानो, हावापानी मानो,’ भट्टराईले भने, ‘भ्रमण गर्न नोट होइन अठोट बोकेर हिँडेको छु । २०६७ सालमा गोजीमा ३५० रुपैयाँ बोकेर सुरु भएको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।