पाँचौँ आदिवासी जनजाति महोत्सव हुँदै

दमौली, ११ पुस (रासस) ःनेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौँ आदिवासी जनजाति महोत्सव हुने भएको छ । व्यास नगरपालिका–३ वीपी वनबाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो ।

परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । अमूल्य भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हिराचनले बताउनुभयो । उहाँका अनुसार महोत्सवको आवश्यक तयारी सुरु भइसकेको छ ।

पैसठ्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले नै गरेको थियो । विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो । “तनहँु जिल्लामा ६५ प्रतिशत आदिवासी जनजाति बसोबास गर्छन्”, परिषद्का निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले भन्नुभयो, “जनजाति बाहुल्य क्षेत्र भएकोले सांस्कृतिक प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक प्रदर्शन गरिनेछ ।”

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिकस्थलको प्रवद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।

तेस्रो ऋषिङ म्याराथन हुँदै

तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो म्याराथन प्रतियोगिता हुने भएको छ । स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यही पुस २७ गते स्थानीय र महिला गरी दुई प्रकारका म्याराथन प्रतियोगिता आयोजना गरिने गाउँपालिकाले जनाएको छ । विगत वर्षहरुमा राष्ट्रियस्तरका धावकको सहभागितामा म्याराथन गर्दै आइए पनि यसपटक भने स्थानीयलाई प्राथमिकता दिइने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

स्थानीय म्याराथन प्रतियोगिता २१ किलोमिटर दूरीको रहनेछ । ऋषिङको प्रवेशद्वार धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७, गाउँपालिका कार्यालय, गोठादी, श्रृङ्ग मावि, ढुङ्गाडे, चालिसे, थप्रेक, भिरकोट, गुम्लेक, कालिका मन्दिर पुगेर समापन हुनेछ ।

महिला सर्ट म्याराथन प्रतियोगिता १० किलोमिटर हुनेछ । धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७ हुँदै गाउँपालिका कार्यालय पुगेर सकिनेछ । स्थानीय म्याराथनमा प्रथम हुनेलाई रु ३० हजार, द्धितीय हुनेलाई रु २२ हजार, तृतीय हुनेलाई रु १५ हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैबीच सोही दिन अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा अन्तर वडाबीच प्रतिस्पर्धा हुनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ८० हजार, रु ५५ हजार र रु ३० हजार नगद प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डरमा नगद पुरस्कार प्रदान गरिनेछ ।

खेलकुदको प्रवद्र्धन गर्दै युवायुवतीलाई खेलकुदमा आकर्षित गर्न गाउँपालिकाले अध्यक्ष कप प्रतियोगिता आयोजना गर्न सुरु गरेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।