प्रदेश १ : सभा सदस्यको शपथ ग्रहण आज, ५ जनाले लिम्बू र १ जनाले थारू भाषामा लिने

विराटनगर ।  प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले साेमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्  । जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारू भाषामा शपथ लिने भएका छन् । 

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली कांग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिनेछन् ।

सुनसरीबाट नेपाली कांग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारू भाषामा शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले प्रदेशसभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार सोमबार दिनको मध्यान्ह साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम शपथ लिनेछन् । 

उनले शपथ लिएपछि प्रदेश सचिवालयमा पुगेर प्रदेश सभा हलमा बाँकी ९२ सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् । गनगाईंले प्रदेशसभामा अर्को सभामुख चयन नहुञ्जेलसम्म प्रदेश सभा बैठकको अध्यक्षता पनि गर्नेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोही बमोजिम शपथ ग्रहण गर्ने व्यवस्था गरेअनुसार उनीहरूले लिम्बू र थारू भाषामा शपथ ग्रहण गर्ने जनाइएको छ ।

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिकतर्फबाट ३७ सांसद छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।