प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ

विराटनगर, ११ पुस । प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई केही समय अघि प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए थिए । बाँकी ९२ सांसदलाई प्रदेश सभा बैठक कक्षमा शपथ गराइएको हो ।  

जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारु भाषामा शपथ लिएका छन् ।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली काँग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिएका छन् ।

यस्तै, सुनसरीबाट नेपाली काँग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारु भाषामा शपथ ग्रहण लिएकी छिन् । बाँकी ८६ जनाले नेपाली भाषामा शपथ लिएका छन् । 

प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक गरी ९३ सांसद छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।