एमालेबाट राजेन्द्र राई सहित ४ नेता सरकारमा जाँदै, आजै शपथ

काठमाडौं, ११ पुस ।  नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ५ जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।

केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ । 

दाङका धार्मिकस्थलमा माघी मेलाको तयारी
देउखुरी, ११ पुस (रासस) :माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने भएको छ । घोराही उपमहानगरपालिका –१३ को बाह«कुने ताल(दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दछ । यस वर्ष यी दुवै स्थानमा माघी मेला लाग्ने भएको हो ।

लमही–९ रिहारस्थित धार्मिक एवं पर्यटकीयस्थल बगारबाबा धार्मिक पर्यटन क्षेत्रमा माघीको अवसरमा मेला लाग्ने भएको छ । बगारबाबा धार्मिक पर्यटन विकास समितिले धार्मिक क्षेत्र सरसफाइ गरेको छ । मन्दिरमा भक्तजनको घुइँचो लाग्ने हुँदा सरसफाइ गरिएको बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारले जनाएको छ ।

यस क्षेत्रमा विशेष गरेर भारतीय पर्यटक आउने गर्दछन् । बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारका अध्यक्ष रवीन्द्र खत्रीले माघीको समयमा मेला लाग्ने भएकाले मन्दिर परिसर सरसफाइ गरिएको बताउनुभयो । उहाँले अब प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाइ कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

स्थानीय पर्यटन क्षेत्रको सांस्कृतिक पहिचान संरक्षण गर्न प्रत्येक वर्ष माघको १ गते मेला लाग्दै आएकामा यसवर्ष पनि निरन्तरता दिइने बताउनुभयो । लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ ।

थारु समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भाञ्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानि पूजा गर्ने चलन रहेको पूजारी हीरालाल बाबाले जानकारी दिनुभयो । रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर रहेका छन् ।

यसैगरी घोराही–१३ सेवारमा रहेको बाह्रकुने दहमा माघी मेला नजिकिएसँगै चहलपहल बढेको छ । बराहक्षेत्र संरक्षण सम्बद्र्धन धार्मिक समितिले मेलाको तयारीलाई तीव्रता दिँदै आएको छ । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले माघी पर्वको अवसरमा लाग्ने मेलाको तयारी गरिरहेको बताउनुभयो ।

त्यसका लागि विभिन्न उपसमिति बनाएर कामको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । अचेल मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुई सय भक्तजन आउने गरेको बुढाले बताउनुभयो । यहाँ भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला रहने गरेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖