सकियो भेडेटारको खाना महोत्सव,१ करोड बराबरको कारोबार
धनकुटा,१९ पुष । अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा आयोजना गरिएको खाना महोत्सव सम्पन्न भएको छ ।
नयाँ बर्षको अवसर पारेर होटल एसोसिएसन भेडेटारले आयोजना गरिएको महोत्सव सम्पन्न भएको हो ।
महोत्सवमा करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको र एक करोडको कारोबार भएको होटल एसोसिएसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिनु भयो ।
खाना महोत्सवकै अवसरमा गरिएको कृषि मेला तथा प्रर्दशनीमा गाउँपालिकाका १ सय ३३ जना कृषक मध्ये ५६ जना कृषकलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो।
पुष १६ देखी १८ गते सम्म भएको १० औं फुड फेस्टिबलमा भेडेटार क्षेत्रमा पाइने अर्गानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रदर्शनी, जातीय खानेकुरा, स्वास्थ्य परिक्षण, बाल उद्यान रहेको थियो भने हरेक दिन बेलुकी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड सांगितीक प्रस्तुती रहेको थियो।
खाना महोत्सवमा आएका पर्यटकहरु भेडेटार सहित यहाँका पर्यटकीयस्थलहरु शैलुङ डाडाँ, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना ९नमस्ते झरना०, साँगुरी गढी९सायोक०,नाम्जे गाउँ होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडाँ, अजंगको बरको रुख सहति अन्य स्थानमा समेत पुगेका थिए ।


यो पनि…
वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका
टक्सार (भोजपुर), १९ पुस (रासस) :स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् ।
प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।
स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको वडा नं ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो ।
“गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ”, अध्यक्ष मगरले भन्नुभयो ।
आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् ।
गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नं ३ भुल्के, वडा नं ७ बासिखोरा, वडा नं ५ मानेभञ्ज्याङ, वडा नं ६ बैकुण्ठे र वडा नं ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नं ४, १ र २ नं वडामा योजना सम्झौता गर्न बाँकी छ ।
वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न एक दिन नै लाग्ने र खर्चसमेत हुने समस्या हटेकाले स्थानीय खुसी भएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोलटोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए ।


