प्रधानमन्त्रीद्वारा अग्नि पाण्डेसँग भेट

काठमाडौँ, २१ पुस (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका अग्नि पाण्डेसँग भेट गर्नुभएको छ । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आ गलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकारको निधन भएको थियो ।

प्रधानमन्त्रीले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गर्नुभएको हो । प्रधानमन्त्रीसँगको भेटमा अग्निले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको जनाउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले निराकारको शव स्वदेश ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीलगायतको उपस्थिति थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि नै मुख्यसचिवमार्फत निराकारको शव स्वदेश ल्याउने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसक्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।