हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

काठमाडौँ, २५ पुस (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताउनुभएको हो । उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।”

उहाँले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भन्नुभयो, “नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन् ।”

नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताउनुभयो । नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक–पटक व्यक्त गर्नुभएकोसमेत स्मरण गर्नुभयो ।

उहाँले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उहाँको जोड थियो ।

सरकारको काम कारवाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यवधान खडा गर्ने अड्काउन काम नगरी सघाउने हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो । सभापति लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ । संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ ।” भ्रष्टाचारको छानविनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पर्न नहुने उहाँको कथन छ ।

विधिको शासन पालना गराउन सबैको साथ र सहयोग रहने स्पष्ट पार्दै सभापति लामिछानेले आफ्नो दलका नेता र सांसद पनि गलत काममा सहभागी नहुने र नागरिकलाई दुःख नदिने स्पष्ट पार्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।