प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

काठमाडौँ, २६ पुस (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री दाहालले सिङ्गो प्रतिनिधिसभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीसँग विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । प्रधानमन्त्री दाहाललाई समर्थन गर्ने सम्पूर्ण दलहरुले विश्वासको मत दिने निर्णय गरेका छन् ।

प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद् छन् ।

एकीकृत समाजवादीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्नुभएको छ । सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।