२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप

काठमाडौं, २९ पुस । बालिका जबर्जस्ती क’रणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडाै‌ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

‘सुशासन र समृद्धिको मुद्दामा राष्ट्रिय सहमति आवश्यक’
काठमाडौँ, २९ पुस (रासस) ः
सांसदले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले विगतमा सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’मा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ सुशासन र समृद्धिको मुद्दाले सार्थकता नपाएको जनाउँदै संविधान बनाउँदा कायम भएको राजनीतिक सहमतिलाई कायम राख्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले मुलुकको संविधान र नेपाली राजनीतिलाई सम्भावित दुर्घटनाबाट जोगाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्ष भए पनि कांग्रेस प्रतिपक्षको भूमिकामा बस्न चुकेको बताउनुभयो । उहाँले गठबन्धन सरकारको भावनाअनुरुप सहमतिका आधारमा ल्याइएको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राईले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतन्त्रमाथिनै खतराको सङ्केत रहेकाले आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको बताउनुभयो । बैठकमा जनता समाजवादी पार्टीका मोहम्मद खालिदले राष्ट्रिय सहमति कायम गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।