धनकुटाका राई भूमिसुधार मन्त्री

काठमाडौं, ३ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन् । जसमा दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन् । आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् ।

मन्त्री बन्न लागेकामध्ये विमला राई राष्ट्रिय सभा सदस्य हुन् । सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो ।

बगरमै बस्ती बसाल्दै तालगाउँवासी
मनाङ, ३ माघ (रासस) : विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा बस्ती बस्न थालेको छ । जोखिम रहेको नदी किनारमा तटबन्धन गरिएपछि तालगाउँका स्थानीयले बस्ती बसाल्न थालेको नासों गाउँपालिका–१ का वडा अध्यक्ष मीनरासी गुरुङले बताउनुभयो ।

तालगाउँवासीलाई स्थानान्तरण गर्न सरकारले पहल गरे पनि स्थानीय अन्यत्र जान नमान्दा यसै क्षेत्रमा बस्ती बसाल्ने वातावरण बनाएको उहाँले बताउनुभयो । “केही स्थानीय विस्थापित भए पनि अधिकांश स्थानीय यही बस्न चाहे, उनीहरुको चाहना विपरीत सरकारले पनि स्थानान्तरण गर्न चाहेन, सोहीअनुरुप सरकारले तालगाउँलाई सुरक्षित बनाउन तटबन्धन ग¥यो”, वडा अध्यक्ष गुरुङले भन्नुभयो, “अहिले बस्ती बसाल्दै छन् स्थानीयवासी ।”

“बालुवामा चाहे जस्तो तटबन्धन गर्न नसकिने इन्जिनियरको सल्लाह आएको थियो, स्थानीयहरु अन्यत्र जान चाहेनन्, अवस्थामा अहिले गरिएको तटबन्धले गाउँबस्ती बस्न थालेको हो”, उहाँले भन्नुभयो । नदी किनारमा तटबन्धन बनेपछि सुरक्षित महसुस गरेको उहाँले बताउनुभयो ।

बाढीपछि पूर्ण र आंशिक क्षति भनेर वर्गीकरण गरेको थियो । पूर्ण क्षति भएका परिवारलाई आवास निर्माणका लागि सरकारले सहयोग गरेको थियो । आंशिक क्षति भएका परिवारलाई सरकारले सहयोग गरिदिए हुने भन्ने अपेक्षा स्थानीयवासीको छ ।

घर बनाउन सरकारले सहयोग गरेपछि घर–घरमा सिंहदरबार आएको महसुस गराएको तालगाउँका स्थानीय सिंहबहादुर गुरुङले बताउनुभयो । “बाढीमा परेर मेरो घर पूर्ण क्षति भएको थियो, हामी घरबारविहीन भएका थियौं, सङ्घ सरकारले रू पाँच लाख, प्रदेश सरकारबाट रू दुई लाख र स्थानीय सरकारबाट रू एक लाख सहयोग पाएका थियौं”, उहाँले भन्नुभयो, “सरकारको सहयोगले अहिले घर बनाएर बस्न थालेका छौं ।”

आफ्नो जग्गामा बसोबास गर्न नमिल्ने भएपछि सरकारले उपलवब्ध गराएको जग्गामा घर बनाइ बस्न थालेको स्थानीय राजनबहादुर गुरुङले बताउनुभयो । “यो क्षेत्र अझै पूर्णरुपमा सुरक्षित भइसकेको छैन”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।