४०औँ पर्यटनमन्त्रीमा किराँती

काठमाडौँ, ३ माघ (रासस) : नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ ।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मनुभएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बन्नुभएको थियो ।

भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उहाँ जनतामाझ स्थापित हुनुहुन्छ । सिधा र स्पष्ट कुरा राख्ने किराती राजनीतिमा पनि निकै काबिल हुनुहुन्छ । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका किराती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उहाँको राजनीतिक यात्रालाई ओझिलो बनायो ।

पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भए पनि किरातीको झनै चर्चा भयो ।

गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा हुनुभएको थियो ।

पर्यटनमन्त्रीका रुपमा मन्त्री किरातीलाई कोभिड–१९ (कोरोना भाइरस) महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ । सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखा सार्वजनिक गरिसकेको छ ।

भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमन्त्री किरातीको मुख्य जिम्मेवारी हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।