पाख्रीवास ९ मातिम्बुमा जारी खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्र्तगत आज दोश्रो दिन ३ खेल सम्पन्

धनकुटा । प्रगतिशिल युवा क्लवको आयोजनामा धनकुटाको पाख्रीवास नगरपालिका ९ मातिम्बुमा जारी खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्र्तगत आज दोश्रो दिन ३ खेल भएका छन् ।

जसअनुसार आयोजक (ए) र व्वाईज युनाईटेड युथ क्लब चापे वीच भएको पहिलो खेलमा ०-१ गोल अन्तरले व्वाईज युनाईटेड युथ क्लब चापे विजयी भएको छ ।

त्यस्तै प्रतिभा युवा क्लब पाख्रीवास मुगा र आयोजक (सि) वीच भएको दोश्रो खेलमा ४-५ गोल अन्तरले आयोजक (सि) विजयी भएको छ । यी दुई समूह वीचको खेलमा निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा धकेलिएको थियो ।

पेनाल्टि सुट आउटको समयलाई सदुपयोग गर्दै प्रतिभा युवा क्लब मुगामाथि आयोजक (सि) ले ४ को विरुद्ध ५ गोल लगाउँदै जित हाँसिल गरेको हो ।

हिले फुटवल क्लब र मर्निङ एफसी क्लब वीचको तेश्रो खेलमा २ को विरुद्ध ३ गोल लगाउँदै हिले फुटवल क्लब विजयी भएको आयोजक क्लबका अध्यक्ष कुलबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत भोलिदेखी दोश्रो चरणका खेलहरु हुने छन् ।

दोश्रो चरणको पहिलो खेलमा भोलि ११ बजे आयोजक (वी) र व्वाईज युनाईटड चापे भिड्नेछन् । त्यस्तैगरि दोश्रो खेलमा मार्गा फुटवल क्लव र आयोजक (सि) र तेश्रो खेलमा हिले फुटवल क्लब र वीएफसी सहिदभुमी फुटवल क्बल भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी प्रथम टिमले नगद ४० हजार र दोश्रो हुने टिमले नगद २० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।