प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

काठमाडौँ, ६ माघ (रासस):प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गर्नुभएको थियो । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभयो ।

मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री
काठमाडौँ, ६ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ ।

गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री दाहालले भेट गर्नुभएको हो । पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ । मिटरब्याजी समस्याले हजारौँ किसान पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।”

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।