खोलामा हुनु पर्ने माछा मेरै मतदान केन्द्रमा कसरी पुग्यो ? : मन्त्री राई

धनकुटा । धनकुटाको पाख्रीबासमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पाख्रीबास नगर कमिटिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य,नेकपा एमाले धनकुटा इन्चार्ज तथा नेपाल सरकारका नवनियुक्त भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई लगायत प्रदेश सांसद तथा नेकपा एमाले धनकुटा जिल्ला कमिटि अध्यक्ष ईन्द्रमणि पराजुलीलाई बधाई-सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री राईले आफुले नगरको लागि धेरै बजेट ल्याएपनि परिणाम ल्याउन नसकेको बताउनु भयो । हामीले समयमा निर्णय गर्नु सक्नु पर्छ र फेरि २०७४ सालको जस्तो हाम्रो पार्टीलाई बनाउन नगर कमिटिलाई निर्देशन दिनु भयो ।

मन्त्री राईले भन्नु भयो नगरका जनप्रतिनिधिले काम गर्न सक्दैनन् भने किन गर्न सकिएन जनतालाई बताउनु पर्यो ।

कार्यक्रममा बोल्दै एक फरक प्रसंगमा स्थानिय चुनाव लक्षित गर्दै मन्त्री राईले भने त्यो खोलामा हुनु पर्ने माछा मेरै मतदान केन्द्र सम्म कसरी आइपुग्यो ?

हामीले पहिलाको ५ बर्षमा धेरै काम गर्यौं तर जनतामाझ गएर त्यो बुझाउन सकेनौं,त्यही कारण पहिले स्थानिय निर्वाचनमा पाख्रीबास नगरमा क्लीन स्वीप गरेको हाम्रो पार्टीले यो चुनावमा त्यति सफलता पाउन सकेनौं ।

नेकपा(एमाले) पाख्रीबास नगर कमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्त्री राई,अतिथिहरुमा प्रदेश सांसद पराजुली लगायत जिल्ला कमिटिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

आजै मन्त्री राईलाई जालपादेवी माबि तथा क्याम्पसले पनि सम्मान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।