जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्नुस् : मन्त्री राई

धनकुटा, १३ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति धनकुटाले शुक्रबार मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीबीच गरेको अन्तरक्रियामा मन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।

कार्यक्रममा धनकुटा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, क्षेत्र नं.१ का प्रदेश सभा सदस्य निरन राईसहित सात वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागि थिए ।

आम नागरिकसँग सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय पालिकाहरु रहेको भन्दै मन्त्री राईले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको मुहारमा खुशी ल्याउँने गरी सेवा प्रदान गर्न निर्देशन दिए । ‘जनतासँग सबैभन्दा नजिक तपाईहरु हुनुहुन्छ, तपाईहरुले विना झन्झट राम्रोसँग काम गर्दिनु भयो भने जनताहरु खुशी हुन्छन्,’ निर्देशन दिँदै मन्त्री राईले भने, ‘सामान्य काममा जनताले झन्झट बेहोर्नु नपरोस्, जनताको मुहारमा खुशी ल्याउँने गरी जनमैत्री काम गर्नुहोस् ।’

धनकुटाका कतिपय स्थानमा राजनीतिक कारणले जनतालाई सरकारी सेवामा विभेद गरेको पाइएको भन्दै मन्त्री राईले राजनीति भन्दा माथि उठेर जनताको सेवा गर्न जनप्रतिनिधिलाई आग्रह गरे । ‘राजनीतिक कारणले जनतालाई विभेद गर्नु भएन नी, तपाईहरु चुनाव लड्दा दलको प्रतिनिधि भएर लड्नुभयो, चुनाव जितेपछि तपाईहरु अब सबै जनताको प्रतिनिधि हो, जनतालाई राजनीतिक कारणले विभेद नगर्नुहोस्, सबैलाई समान व्यवहार गर्नुहोस,’ मन्त्री राईले भने ।

स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय गरेर अघि बढेमा छिटै जिल्लाको विकासले गति लिने भन्दै मन्त्री राईले अब जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्न आग्रह गरे । आफु सांसद मात्र हुदा पनि धनकुटाको विकासमा धेरै काम गरेको स्मरण गर्दै मन्त्री राईले अब मन्त्री बनेपछि जिल्लाको विकासलाई गति दिनेगरी काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय इन्द्रमणी पराजुली, निरन राई र जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ्गले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे । त्यस्तै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, पाख्रीवासका मेयर ज्ञानबहादुर गुरुङ्ग, महालक्ष्मीका मेयर ध्रुवराज राय, उपमेयर मञ्जु अधिकारी, सहिदभूमिका अध्यक्ष मनोज राई, चौविसेका अध्यक्ष राजकुमार चेम्जोङ्ग र छथर जोरपाटीका अध्यक्ष छत्रबहादुर लिम्बुले पालिकाको कार्यप्रगति सुनाए । कार्यक्रममा सात वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतले आ–आफ्नो पालिकाको बजेट खर्च, आइपरेका समस्या, चुनौति र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।